गोरखा समाचारदाता
उदयपुर – उदयपुरको भुल्केका १ जना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ११० जना पुगेको छ ।
आजै (सनिबार) बिहान भुल्केकै ३ जना महिलामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ ।
योसँगै उदयपुरमा एकैदिन ४ महिलामा कोरोनाको संक्रमण देखिएको छ ।


