- प्रर्दशनकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लियो
गोरखा समाचारदाता
काठमाण्डौं – भारतले नेपाली भूमिमा सडक निर्माण गरेको भन्दै राजधानीको माइतीघरमा प्रदर्शन गरिएका छन् ।
नेपाली भुभाग लिपुलेक र कालापानीमा सडक बनाएको विरोधमा युवा विद्यार्थीले राजधानीको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
भारती कदमका विरुद्ध युवा विद्यार्थीले प्रदर्शन गरे पछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ । नाराबाजी गर्दै माइतीघर पुगेका युवालाई त्यहाँ नपुग्दै प्रहरीले पक्राउ गरेको थियो । उनीहरुले भारतीय विस्तारबाद मुर्दावाद, लिपुलेक हाम्रै हो भन्दै नाराबाजी गरेका थिए ।
आजै भारतीय दुतावास अगाडी प्रदर्शनका लागि पुगेका विद्यार्थीलाई पनि प्रहरीले पक्राउ गरेको छ । लैनचौरमा रहेको दुतावास अगाडी प्लेकार्ड सहित प्रदर्शन गर्न पुगेका सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठनका नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।




















