गोरखा समाचारदाता
चितवन – जिल्लाको चौकिडाडाँमा प्रहरी माथि आक्रमण गर्ने ४ जनालाई पक्राउ गरिएको छ ।
चितवनको राप्ती नगरपालिका ५ चौकिडाडामा प्रहरीमाथि आक्रमण गर्ने ४ जना स्थानिय युवालाई पक्राउ गरीएको हो ।
तस्करी गरी लैजाँदै गरेको गाँजा प्रहरीले बरामद गरेपछि चितवनको राप्ती नगरपालिका ५ चौकिडाडाँमा स्थानियले प्रहरीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरीले राप्तिकै वडा नम्बर १२ धनमार्ग गैरीबाट ३४ किलो गाँजा बरामद गरेको थियो ।
गाँजा बरामद गरी फर्किने क्रममा स्थानीयले प्रहरीमाथि आक्रमण गरेका हुन् । प्रहरीले प्रयोग गरेको बा १२ च २७१ नम्बर को रत्ननगर नगरपालिकाको गाडीमा समेत स्थानीयहरुले आक्रमण क्षति पुरयाएका छन् ।
मद्दतका लागि गएको इप्रका भण्डाराको प्रहरी टोलिमाथि समेत स्थानियले आक्रमण गरेको प्रहरी कार्यालयले जनाएको छ ।


