गोरखा समाचारदाता
गोरखा – गोरखा जिल्ला फुटबल संघको एक टोलीले गोरखा नगरपालिकामा राहत हस्तान्तरण गरेका छन् ।
संघले मंगलबार एक कार्यक्रम गरी संघका पदाधिकारीहरुको टोलीले नगरपालिकाको कार्यालयलाई राहत हस्तान्रण गरेका हुन् ।
संघले आज (मंगलबार) नोबल कोरोना भाइरस (कोडिभ–१९) का कारण सरकारी लकडाउनले असर गरेका दैनिक ज्यालादारी तथा समस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै नगरपालिकामा राहत जम्मा गराएको अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए ।
नगरपालिकाका मेयर राजनराज पन्त र उपमेयर बिनाकुमारी श्रेष्ठलाई संयुत्त रुपमा हस्तान्रण गरिएका सामाग्रीहरुमा ३० केजी दरका सोना मन्सुली १३ बोरा र २५ केजी दरका मसुरको दाल २ बोरा रहेको नगरपालिकाको कार्यालयले जनाएको छ ।
गोरखा नगरपालिकाले एक द्वार प्रणाली मार्फत मात्र राहत दिने ब्यवस्था मिलाए पछि अहिले विभिन्न संघ संस्थाहरुले कार्यालयमा राहत संकलन गर्न थालेको छ ।


