गोरखा समाचारदाता
गोरखा – नोबल कोरोना भाइरस (कोडिभ–१९) संगै सबै जसो स्वास्थ्य संस्थाले सामान्य बिरामीलाई उपचार गर्न छाडी सकेको छ ।
उपचार नगरिनहुने अवस्थामा आएको खण्डमा पनि चिकित्सकले छुट्टै ठाउँको ब्यवस्था गरेर मात्र उपचार गर्न थालेका छन । त्यस्तै गोरखा अस्पतालमा पनि ज्वरो आएका विरामीहरुलाई छुट्टै स्थानमा राखेर उपचार गर्न थालेको छ ।
अहिले कोरोना भाइरसकै कारण धेरै जसो मानिस सामान्य अवस्थामा स्वास्थ्य संस्था जादैनन् । त्यती मात्र होईन सामान्य बिरामीलाई स्वास्थ्य संस्थामा नआउन समेत सरकार तथा स्वास्थ्य संस्थाले नै पटक पटक सूचना जारी गरेको छ ।
यदी तपाईलाई स्वास्थ्य संस्था नगई नहुने अवस्था आयो र त्यो पनि गोरखा अस्पताल सम्म आउनुनै पर्ने अवस्था आएको खण्डमा तल दिएको नम्बरका फोन गरेर मात्र जानुहोला । अन्यथा उपचार नपाउने त छदै छ स्वास्थ्य संस्थामा गएर अर्को रोग थपेर आउने र समयको वर्बाद पनि निश्चित छ ।
सम्पर्क नम्बरहरु
डाक्टर कमल रोका ९८४८२५१३४२
सूचना अधिकारी कृण्ण ढकाल ९८५६०४०१०४
आकश्मिक कक्षका डाक्टर ९८५६०४०२२५
अन्तरंग सेवाका नर्स ९८५६०७०२०८
गोरखा अस्पतालको टेलिफोन नम्बर ०६४–४२०२०८


