काठमाडौं । नायीका आँचल शर्मा र उदिप श्रेष्ठ भर्खरै विवाह बन्धनमा बाँधिएका हुन् । उनीहरुले करिब डेढ वर्ष सम्मको आफुहरुको प्रेमलाई विवाहमा परिणत गरेका हुन् । भब्य विवाह गरेका उनीहरुको विवाहको शैलीलाई लिएर मिडियामा खुब समाचार बने । त्यस माथि उनीहरुको विवाह अघिका सम्बन्धका बारेमा पनि अनेक अड्कल गरेर पनि समाचार बनिरहेका थिए । कुनै मिडियाले उदिपको दोस्रो विवाह भनेर पनि समाचार बनाएका थिए ।
विवाहको रमझममा व्यस्त भएका यि दुवैजनाले ति सबै कुराका बारेमा प्रतिकृया दिन भ्याएका थिएनन् । नायक पल शाहसंग धेरै फिल्ममा अभिनय गरेकी आँचलको पलसंग पनि नाम जोडिएको थियो । त्यस माथि विवाहमा पलको परिवार समेतलाई बोलाए पनि उनीहरु सहभागी नभइदिएपछि नकारात्मक कुरा गर्नेहरुका लाथि थप मलजल गर््यो । आँचलकै विवाह टार्नका लागि पल शाह मुक्तिनाथ पुगे भनेर सामाजिक सञ्जालमा टिप्पणी भए ।
त्यती मात्र होइन नायक पल शाहले आँचलको विवाह पछि सामाजिक सञ्जाल इन्स्टामा पनि अनफलो गरिदिए । त्यस कारण पनि उनीहरुको सम्बन्धका बारेमा अनेक टिकाटिप्पणी भए । विवाहको रमझममा त्यस बारेमा प्रतिकृया दिन नपाएको यो जोडीले पत्रकार ऋषी धमलाका सामु सबै कुरा खुलाएका छन् । आँचलले पल शाहसंगको सम्बन्धका बारेमा खुलेर कुरा गरेकी छन् भने उनका श्रीमान उदिप श्रेष्ठले पनि विवाह अघिको सम्बन्धका बारेमा बताएका छन् । उनले विवाह अघि फिलिपिन्सको एक युवतीसंग सम्बन्धमा रहेको भए पनि विवाह भने नगरेको बताएका छन् ।
उनले आँचलसंगको विवाह नै आफ्नो पहिलो विवाह भएको बताएका छन् । कोरोनाका कारण सरकारले लकडाउनको निर्णय गरेका कारण उनीहरु घरमै समय विताइरहेका छन् । फिल्मका सबै कार्यक्रम स्थगित भएकाले अहिले कलाकारहरु फुर्सदिला भएका छन् । विवाह पछि पहिलो पटक श्रीमानका साथमा भिडियो अन्तरवार्तामा सहभागी भएकी नायीका आँचलले श्रीमानकै अगाडी पल शाहको तारिफ गरेकी छन् ।
उनले पल शाह राम्रो अभिनय गर्ने र मानविय स्वभावको भन्दै तारिफ गरेकी छन् । विवाह अघि पल शाहसंग आफ्नो नाम जोडिएको स्वीकार गर्दै नायीका आँचलले धेरै फिल्ममा संगै काम गरेका कारण दर्शकले मन पराएर नाम जोडेको बताइन् । दर्शक श्रोताले नाम जोडेको भएपनि त्यो कुरालाई आफुले कहिल्यै स्वीकार नगरेको उनको भनाई छ । उनलाई अहिले पनि मन पर्ने नायक पल शाह नै हो । नायीका आँचलले यसो भनिरहँदा संगै रहेका उनका श्रीमान भने हाँसिरहेका थिए ।


