सांगीतिक क्षेत्रका सुमधुर स्वरका धनि तथा चर्चित गायक सुगम पोखरेल र बोबी लिम्बुले स्वरमा रहेको नया म्युजिक भिडियो ‘भन कुन चाहि खुशी दिउ’ सार्वजनिक भएको छ । सार्बजनिक गरिएको गीतमा राम कुमार सिवाकोटीको सब्द रहेको छ भने सो गीतमा संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन । महाराज थापाले एरेञ्ज गरेको उक्त सार्बजनिक गीतको भिडियोलाई नेपालको सुन्दर ठाउ मुस्ताङ्गमा खिचिएको छ ।
सार्बजनिक गरिएको उक्त गीतको भिडियोमा मोडल निराजन प्रधान र उनको साथमा सृष्टि खड्का फिचर्ड रहेकी छिन । नेपालको सुन्दर ठाउ मुस्ताङ्गमा खिचिएको उक्त म्युजिक भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका छन् भने सम्पादन तथा कलरिङ्ग पनि स्वयम् निशानले नै गरेका छन् ।
दर्शकहरु लोभ्याउने मुस्तांगको रमणीय स्थानहरुलाई देखाइएको म्युजिक भिडियोमा प्रमोद भण्डारीको कोरियोग्राफी ,महि सिंहको मेकअप र बुद्द थापाको छायाँकन समाबेस रहेको छ भने उक्त भिडियोलाई धेरै दर्शकहरुले हेरिसकेका छन् ।


