काठमाडौं । मिस नेपाल अनुष्का श्रेष्ठले कोरोना भाइरसबाट बच्न सरकारले गरेको लकडाउनको पालना गर्न सबैमा अनुरोध गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा सन्देशले भरिएको भिडियो पोष्ट गर्दै उक्त अनुरोध गरेकी हुन् ।
‘संसारमा नै प्रभाव पारेको कोरोनाबाट सतर्क रहौ । तर नआतिउ’ उनले अगाडि भनेकी छन् ‘यो समय आफ्नो शरीरको मात्र नभएर आफ्नो मानसिक स्वास्थ्यको पनि ख्याल राख्नु अति आवश्यक छ ।’
अनुष्काले पुष्टि नभएका र हल्लाको श्रोतबाट आएको समाचार भन्दा पनि पुष्टि भएका र आधिकारिक समाचारको मात्र बिश्वास गर्न समेत अनुरोध गरेकी छन् । उनले कोरोनाको बारेमा थप जानकारी लिन र दिन सरकारले दिएको हेल्पलाइन नम्बरमा फोन गर्न समेत सुझाएकी छन् ।


