गोरखा समाचारदाता
गोरखा – जिल्लाको २ नगरपालिकामा ‘मास क्वारेन्टाइन’ स्थापना गरिने भएको छ ।
कोरोना भाइरस धेरैमा देखिएको खण्डमा र धेरै संख्यामा बिरामी एकै स्थानमा राख्नु अवस्थामा आउन सक्ने भन्दै २ नगरपालिकाले विभिन्न भिन्न स्थानमा क्वारेन्टाइनमा स्थापना गर्न लागेको हो ।
गोरखा नगरपालिकाले कुवाडी सामुदायिक बनमा रहेको मनकामना बहिरा आवासिय विद्यालयलाई र पालुङटार नगरपालिकाले धर्मावती आवासिय विद्यालयलाई मास क्वारेन्टाइन बनाउन लागेको हो । यसको सवै जिम्मेवारी भने गोरखामा रहेको रणसिं दल गुल्मले पाएको छ ।
कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा ब्यवस्थापनका लागि गठित जिल्ला स्तरिय समितिले आज (सनिबार) गरेको निर्णय अनुसार दुवै स्थानमा बन्ने क्वारेन्टाइनका लागि ब्यवस्थान गर्ने जिम्मेवारी नेपाली सेनालाइ दिएको हो ।
गोरखा नगरपालिकाले ११९ र पालुङटार नगरपालिकाले ३० वेड क्षमताको क्वारेन्टाइन स्थापना गर्न लाग्ने सबै प्रकारको सामाग्री भने सम्वन्धीत नगरपालिका आफैले ब्यवस्था गर्ने भएको छ ।


