गोरखा समाचारदाता
गोरखा – गोरखा सदरमुकाममा बन्दै गरेको एक गुम्बाको लागि लक्ष्मणबावु श्रेष्ठ स्मृती कोषबाट आर्थिक सहयोग उपलब्ध गराईएका छन ।
कोषले एक कार्यक्रम गरी २ लाख रुपैयाँ गुम्बा निर्माणका लागि हस्तान्रतण गरेका हुन ।
गोरखा नगरपालिका ५ को सतिपिपलको मैदानमा निर्माणाधिन गोरखा बौद्व गुम्बाका लागि कोषले २ लाख रुपैयाँ उपलब्ध गराएको कोषका सचिव राजेशबावु श्रेष्ठले बताए ।
सचिव श्रेष्ठका अनुसार गुम्बाबाट आर्थिक सहयोगका लागि अनुरोध आए पछि निर्माणाधिन गुम्बाको लागि सहयोग गरिएको हो ।
०५६ साल देखी निर्माण सुरु गरिएको गुम्बाको ०७२ साल पछि मात्र निरन्तरता पाएको हो । यस बिचमा स्थानिय तहको गोरखा नगरपालिकाले ३० लाख र प्रदेश स्तरका भौतिक योजना मन्त्रालयबाट २० लाख रुपैयाँ अनुदान प्राप्त भई काम भई रहेको गुम्बामा सल्लाहकार विण्णुराना मगरले बताए ।
सुरु सुरुमा आफु आफु मिलेर भैलो खेलेको पैसाले गुम्बा जाने सिडी निर्माण गरिएको छ । पुर्ण संरचनाका लागि ३ करोड ५० लाख लाग्ने अनुमान गरिएको गुम्बा निर्माण आर्थिक अभाव भएको अध्यक्ष विण्णु थापाले बताए ।


