गोरखा समाचारदाता
गोरखा – नेपाली कांग्रेस गोरखा नगर कार्य समितिले नगरपालिका भित्र कोरोना भाईरसका बारेमा सचेतना कार्यक्रम सुरु गरेको छ ।
नगर समितिको आयोजनामा समितिले सचेतना कार्यक्रम सुरु गरेको हो ।
नगरको १४ वटै वडामा संक्रमणबाट बच्ने उपाएका बारेमा सचेतना कार्यक्रम सुरु गरीएको नगरका अध्यक्ष चन्दनबावु खत्रीले बताए । अभियान वडा नम्बर ६ बाट सुरु गरीएको अध्यक्ष खत्रीले जनाकारी दिए ।
अभियानको गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले शुभारम्भ गरेका थिए । १४ वटै वडामा पुगेर अडियो मार्फत जनचेतनामुलक सन्देष प्रशारण गर्ने समितिले जानकारी गराएको छ । अडियो सन्देषमा कोरोना भाईरसको बारेमा जानकारी, सचेत रहने उपाय, खानपानमा ध्यान दिनुपर्ने पक्षहरु, सर्ने तरिका, लक्षण लगायतका बारेमा जानकारी गराइएको छ ।
यसै बिच गोरखा नगरपालिका ८ को कार्यालयले पनि टोलटोलमा पुगेर सचेतना कार्यक्रम सुरु गरेको छ ।
कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिम न्युनीकरणका लागि वडा भित्र सचेतना कार्यक्रम शुरु गरेको वडाध्यक्ष कृष्णबहादुर केसीले बताए । वडाध्यक्ष केसीको नेतृत्वमा स्वास्थकर्मी सहितको सयुक्त टोलीले सचेतना कार्यक्रम सुरु गरेकोे हो ।
पहिलो दिन ढुङगागाढे, थाकल डाँडा, रानीबन लगायतका टोलमा पुगेर सचेतना गराईने वडा कार्यालयले जनाएको छ । टोलमा पुगेर वडाबासीलाई सचेत रहन र रोग लागि हाले पनि नआत्तिन वडाले आग्रह गरेको छ ।
सचेतना कार्यक्रममा पम्पेट, पर्चा लगायतका प्रचार–प्रसार सामाग्री समेत बितरण गरेको थियो ।


