गोरखा समाचारदाता
गोरखा – गोरखा सदरकाुमुकामको आहालेमा स्थानियहरु संग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालय गोरखाले स्थानिय संग अन्तरक्रिया सम्पन्न गरेको हो ।
गोरखा नगरपालिका ८ को आहालेमा रहेका स्थानिय संग केन्द्र र कार्यालयले लैगिंक हिंसा, बाल बिवाह, बहु बिवाह, घरेलु हिंसा तथा कोरोना भाईरसका बिषयमा अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न भएको सामुदायिक सेवा केन्द्र गोरखाले जानकारी गराएको छ ।
प्रहरी नायव उपरिक्षक बासुदेव खत्रीवडा र प्रहरी नायव निरिक्षक नवराज तिवारी द्वयले सहभागिहरुलाई प्रशिक्षण गराएका थिए ।
अन्तरक्रिया तथा छलफल कार्यक्रममा रानिश्वारा टोल विकास संस्थाका अध्यक्ष नारायण खत्रीको समेत उपस्थिती रहेको थियो ।
कार्यक्रममा ५० जना स्थानियको सहभागिता रहेको सामुदाकिय सेवा केन्द्रले जनाएको छ ।




















