गोरखा समाचारदाता
गोरखा – गोरखा सदरमुकाममा २ जना विप्लव कार्यकतालाई प्रहरीले पक्राउ परेका छन् ।
गोरखा नगरपालिका ९ को लक्ष्मी बजार क्षेत्रबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरीको एक समूहले रोल्पा सुनछहरी गाउँपालिका ६ घर भएका बर्ष ३९ का पुर्णजित पुन र तनहुँ बन्दिपुर गाउँपालिका ५ का २१ बर्षिय पर्बतबहादुर सेडाईलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले बताए ।
रातको समयमा पक्राउ परेका सेडाई कार्यकता मात्र भएको र पुन भने तनहुँ जिल्लाको ईन्चाज भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पक्राउ परेको दुवैलाई सार्वजानिक मुद्वा दर्ता गरी अनुसन्धान भई रहेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।




















