गोरखा समाचारदाता
गोरखा – गोरखा जिल्लाका केही ठाउँमा आज ७ घण्टा बत्ती जाने भएको छ ।
जिल्लाको गोरखा नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका, बुंकोट, नामजुङ, छोप्राक, गाँखु, खोप्लाङ, मिरकोट र वरपरका क्षेत्रमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बत्ती जाने भएको हो ।
गोरखा सव स्टेशनसम्म प्रसारण गरीएको ३३ के भी लाइन मुनी तथा छेउछाउमा रहेका बाँस, घाँस, रुखका हाँगा काट्नका लागि सनिबार विद्युत कटौती गर्न लागेको नेपाल विद्युत प्राधिकरण गोरखा बितरण केन्द्र जनाएको छ ।



