गोरखा समाचारदाता
गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले सभा, सम्मेलन र मेला जस्ता कुनै पनि कार्यक्रम नगर्न र गराउन आग्रह गरेको छ ।
कार्यालयले बिहीबार सूचना जारी गर्दै महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसबाट नेपाल पनि जोखिममा रहेकाले सचेतना अपनाउन भीडभाड हुने पर्व तथा कार्यक्रमहरु नगर्न आग्रह गरेको हो ।
प्रशासनद्वारा जारी सूचनामा सार्वजानिक स्थानमा भेला, भेटघाट, सभा, सम्मेलन, मेला र पर्व जस्ता कार्यक्रमहरुको आयोजना नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रमहरुमा सहभागी नहुन अनुरोध गरिएको छ ।
कोरोना संक्रमण फैलिने जोखिम रहेकाले होली नमनाउन यसअघि सरकारले नै सम्पूर्ण देशवासीलाई आग्रह गरिसकेको छ ।



