गोरखा समाचारदाता
गोरखा – बुधबार राती भएको दुर्घटनालाई लिएर साँसद हरिराज अधिकारीले दुःख ब्यक्त गरेका छन् ।
गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधीसभाका सांसद अधिकारीले प्रेस विज्ञप्ती नै जारी गरी दुर्घटना प्रति दुःख ब्यक्त गरेका हुन् ।
आरुघाट गाँउपालिका–१ र्धोचेतमा भएको जीप दुर्घटनामा पनि ज्यान गुमाएका धार्चे गाउँपालिका–६ का वडासचिव किरण रिमाल प्रति श्रदान्जली व्यक्त गर्दै परिवारजनमा समबेदना प्रकट समेत गरेको छ ।
विज्ञप्तीमा दुर्घटनामा परि घाइते भएकी धार्चे गाउँपालिकाकी उपाध्यक्ष फुलमाया गुरुङ, पशुसेवा शाखा माछाखोलामा कार्यरत निशा गुरुङ, गाउँपालिकाका राष्ट्रिय तथा पञ्जीकरण बिभागका फिल्ड सहायक शर्मिला गुरुङ, लाप्राक स्वास्थ्य चौकीका इन्चार्ज धनबहादुर गुरुङ, फोटोग्राफर केयरसिंह गुरुङ, जीपका चालक बालचन्द्र गुरुङ र फेज नेपालका कर्मचारी सुरज गुरुङको शिग्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
प्रेस विज्ञप्ती





















