गोरखा समाचारदाता
गोरखा – लायन्स क्लव अफ काठमाण्डौं मनास्लु टुरिजमले गोरखाको १ विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ ।
क्लबले जिल्लाको अजिरकोट गाउँपालिका २ को खरिबोटमा रहेको बलाङ आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
क्लवले एक कार्यक्रम गरी विद्यालयमा अध्ययनरत कक्षा १ देखी ५ सम्मका ६० जना बालबालिकाहरुलाई स्कुल झोलाका साथै नगद समेत वितरण गरेको क्लका सचिव अर्जुन पोखरेलले बताए । कार्यक्रमा प्रत्येक कक्षा प्रथम हुने ५ जनालाई जनही १ हजार रुपैयाँका दरले रकम समेत वितरण गरीएको थियो ।
विद्यालयको बार्षिक उत्सवको अवशर पारेर क्लवका अध्यक्ष भिमप्रसाद काप्रीले विद्यार्थीहरुलाई झोला र नगद वितरण गरेको हो ।


