गोरखा समाचारदाता
गोरखा – सदरमुकामा आयोजित सिताके च्याउको तालिम सम्पन्न भएको छ ।
कृषि ज्ञान केन्द्रको आर्थिक सहयोग र एस.जि.हिमालयन हर्वल तथा अर्गानिक फार्म प्रालिको प्राविधिक सहयोगमा सदरमुकामको रिपमा आयोजित ३ दिने तालिम सम्पन्न भएको हो ।
गोरखाका किसानहरुलाई आय स्तरमा वृद्वि गर्ने उद्वेश्यका साथ आयोजित सिताके च्याउ खेती सम्वन्धी तालिमको आयोजना गरीएको कृषि ज्ञान केन्द्रका प्रमुख मनिता थापाले बताईन ।
जिल्ला भित्रको २ नगरपालिका र ९ गाउँपालिकाबाट २/२ जनाका दरले सहभागिता रहेको उत्त तालिमलाई फार्मका सिताबहादुर गुरुङले प्रशिक्षण गराएका थिए । जापानी प्रविधिको यो ज्याउलाई काठको मुढामा खेती गर्ने गरिन्छ ।
गण्डकी प्रदेशका भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले मुढामा प्वाल पारेर उदघाट्न गर्दै
निकै गुडकारी मानिएको यो ज्याउ सेवन गर्दा क्यान्सर जस्ता रोगहरु नलाग्ने विश्वास गरिन्छ । उतिस, कटुस, लाकुरी, मौवा र खरी जस्ता रुखको मुढामा गर्न मिल्ने भएता पनि नेपालमा अझै यसको ब्यवसायीक खेती हुन सकेको छैन ।
तालिममा सहभागिहरुलाई सिताके च्याउ खेती सम्वन्धी तालिमका साथै सिप र जानकारी प्रदान गरीएको ज्ञान केन्द्रले जानकारी दिएको छ ।
सामान्यतया ८०० देखी २५०० मिटर सम्म खेती गर्न मिल्ने सिताके च्याउको नेपाल आफैले बिऊ उत्पादन गर्न नसक्दा चीन, भारत र जापानबाट लुकिछिपी बिऊको आयात गरीदै आएको छ ।
तालिमको एक कार्यक्रम बिच गण्डकी प्रदेशका भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले उदघाट्न समेत गरेका थिए ।



