गोरखा समाचारदाता
गोरखा – बारपाक सुलिकोटका सर्व साधारणहरुले पालिका भित्रको योजना अनुगमनलाई प्रभावकारी बनाउन माग गरेका छन ।
सौरपानीमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा योजना अनुगमनलाई प्रभावकारी बनाउन भनेका हुन ।
बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा सौरपानी बजारमा भएको सार्वजनि सुनुवाई कार्यक्रममा उपस्थित सर्व साधारण र राजनैतिक दलले गाउँपालिकाले बिनियोजित गरेको बजेटबाट निर्मित योजनाको प्रभावकारी अनुगमन हुन नसकेको भन्दै प्रभावकारी अनुगमनकालागि पालिकालाई अनुरोध गरेका हो ।
कार्यक्रममा सहभागी हुन आएका नेपाली काँग्रेस बारपाक सुलिकोट गाउँपालिकाका पार्टी सभापती जितबहादुर गुरुङले आवश्यकताको आधारमा विकास बजेट विनियोजन भएको भएता पनि काम भएको छ वा छैन भनि नहेरीकनै योजना फरफारक गरीएकोमा असन्तुष्टी पोख्दै विनियोजित रकमले योजना बन्यो वा बनाए भन्ने कुरामा अबका दिन देखी प्रभावकारी अनुगमन गर्न गाउँपालिकालाई अनुरोध गरे ।
त्यस्तै गरी कार्यक्रममा सहभागी नेकपाका नरबहादुर गुरुङले पालिकाले निर्माण भएको योजनाको प्रभावकारी अनुगमन गनुपर्ने र स्थानिय जनताले पनि त्यसको बिषयमा चासो राखेर निगरानी गनुपर्ने बताए ।
आ.ब.०७६÷०७७ को पालिका द्वारा सेवा प्रभावका बिषय भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्न अधिकाशंले प्रभावका आधारमा टुक्रे योजनामा बजेट दिदा देखिने गरी बिकास हुन नसकेको भन्दै आगामी दिनमा आवश्यताको आधारमा विकास देखिने गरी बजेट विनियोजन गर्न समेत आग्रह गरेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा उठको प्रश्नको जवाफ दिदै गाउँपालिका अध्यक्ष विण्णु भट्टले यस्ता कार्यक्रमले पालिकाले गरेको राम्रो र नराम्रो काम दुवैको समिक्षा हुने भन्दै राजनैतिक दल र सर्व साधारणले उठाएका प्रश्न र सुझावलाई पालिकाले लिपिवद्व गरी कार्यान्वय लाने प्रतिवद्वता ब्यक्त गरे ।
कार्यक्रममा सहभागीहरुले जातियताको आधारमा वृद्व भत्तामा भिन्नता गरेको, एकल पुरुषलाई पनि भत्ताको ब्यवस्था गनुपर्ने, कृषि सडक निर्माण गनुपर्ने, उपभोत्ता समिति निर्माणमा समान सहभागीता हुनुपर्ने, भूक्तानी प्रकृयालाई सहजता बनाउनुपर्ने, आवश्यताको आधारमा योजना छनौट गनुपर्ने जस्ता माग राख्दै प्रश्नहरु गरेका थिए ।
कार्यक्रममा नेकपा गण्डकी प्रदेश सदस्य भगवती तिवारी, गाउँपालिका उपाध्यक्ष सनकुमारी गुरुङ, समाजबादी पार्टीका अमित गुरुङ, पालिकाका प्रशासकिय अधिकृत गौतम भण्डारी र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य कैलासबावु श्रेष्ठले पनि गाउँपालिकाले आगामी दिनमा गनुपर्ने कामका बिषयमा सुझाव दिएका थिए ।


