गोरखा समाचारदाता
गोरखा – गोरखाको २ वटा निजी सवारी साधानलाई ट्राफिक प्रहरीले पटके कारवाही गरेको छ ।
यसै आर्थिक बर्ष भित्र ट्राफिक नियम उल्घन गरको भन्दै ट्राफिकले कारवाही गरेको हो ।
भाडामा यात्रु बोक्ने २ वटा रातो प्लेटका सवारी साधानलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयको सिफारिसमा यातायात व्यवस्था कार्यालय पोखराले कारवाही जनही ५ हजार रुपैयाँ जरिवाना गरेर छाडेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार उत्त सवारीले यस भन्दा अगाडी नि भाडामा यात्रु ओसार पसार गरेको भन्दै यातायात कार्यालयबाट जनही २ हजार ५०० रुपैयाँ जरिवाना तिरेका थिए ।
कारवाहीमा पर्नेमा बा. २ ख १३७४ र बा. १९ प ८३ नम्बरको निजी कार हो । कार्यलयले दुवै सवारी साधनलाई फागुन १३ गते कारवाही लागि बिभागमा पत्र पठाएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाको सिफारिसमा यसै आर्थिक बर्षको चैत्र १५ गते सम्म ११ वटा निजी सवारी साधनहरु कारवाहीमा परी सकेको छ ।




















