गोरखा समाचारदाता
गोरखा – गोरखा सदरमुकाममा रहेको ब्रह्म कुमारी ईश्वरीय विश्व विद्यालयमा विभिन्न कार्यक्रम गरी शिवरात्री मनाईएको छ ।
विद्यालयको गोरखा शाखाले आयोजना गरेको कार्यक्रममा शिवको झण्डोतोलन गरी शिवरात्री मनाईएको हो ।
शाखाले आयोजना गरेको शुक्रबार बिहानको कार्यक्रममा सामुहिक रुपमा शिवबाबाको ८४ औं जन्मोत्सव समेत मनाइएको थियो ।
शाखामा उपस्थित सबैले सामुहिक रुपमा दिप प्रज्वलन गरी केक समेत काटीएको थियो ।
शाखाले शुक्रबार नै शिवको प्रतिक झण्डोतोलन समेत गरेको थियो ।




















