गोरखा समाचारदाता
गोरखा – गोरखा सदरमुकाम घुम्न आएका पर्यटकको सामान सवारी साधनबाट चोरी गर्ने १ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
देशको विभिन्न भागबाट गोरखा घुम्न आएका पर्यटकको सामान चोरी गरेको भन्दै गोरखा नगरपालिका ९ का १९ बर्षिय बिनोद र्सिमललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार र्सिमलले पछिल्लो पटक दैलेख र जाजरकोटबाट गोरखा घुम्न आएका पर्यटकहरुको सवारी साधानबाट ब्याग, मुर्ती, ब्याङकेट, ज्याकेट तथा सवारी साधनको स्पिकर चोरी गरेको आरोपमा पक्राउ गरेको हो ।
पक्राउ परेका र्सिमललाई चोरी मुद्वा दर्ता गरी थप अनुसन्धान गरी रहेको कार्यालयले जनाएको छ ।


