गोरखा समाचारदाता
गोरखा – पालुङटारको भण्डारथोकमा सिङगुसले चिल्दा २ जना स्थानिय घाईते भएका छन ।
पालुङटार नगरपालिका ३ को भण्डाथोकको जंगलमा गएका स्थानियलाई चिल्दा २ जना घाईते भएका हुन ।
गाउँ नजिकको जंगलमा गाई बस्तु चराउन गएका मध्ये २१ बर्षिया अस्मिता गिरी र ४५ बर्षिया शेषमती गिरीलाई सिङगुसले चिल्दा घाईते भएकी हुन । दुवैलाई आजै स्थानिय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि थप उपचारको लागि भरतपुर पठाईएको पालुङटार प्रहरीले जानकारी दिएको छ ।
मौरी प्रजातीको यो किराले मौरीले जस्तै मह संकलन गर्ने गर्दछ । अरु भन्दा बढी रिसाह हुने यो किरा गुणको वरपर कोही आएको खण्डमा त्यस माथि खनिने गर्दछ ।
पालुङटार क्षेत्रमा सिङगुसको ठुलै बासस्थान रहेको छ । धेरै सिङगुसले एकै पल्ट एकै ब्यक्तिलाई चिल्दा मृत्यु समेत हुने गरेको छ ।




















