गोरखा समाचारदाता
गोरखा – गोरखा लाप्राकका नन्दलाल गुरुङ मृत्त फेला परेका छन ।
जिल्लाको धार्चे गाउँपालिका ४ लाप्राक बस्ने गुरुङको मृत्त शरिर आज फेला परेको हो ।
स्थानिय कुर्मा खोलामा मृत्त भेटीएका ७५ बर्षिय गुरुङ फागुन १ गते देखी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
मानसिक अवस्था समेत ठिक नभएका गुरुङको मृत्त शरिर फेला परेको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी निरिक्षक सहितको टोली घटना स्थल तर्फ गएको छ ।
गुरुङ हत्या भएको वा आफै मृत्यु भएको भन्ने विवरण भने आउनबाँकी नै छ । प्रहरीलाई उत्त घटनाको बिषयमा दिउसो २ बजेर ५० मिनेटमा खबर प्राप्त भएको प्रहरी कार्यालयले जनाएको छ ।




















