गोरखा समाचारदाता
काठमाण्डौं – आज (बुधबार) देशको केही पहाडी भूभागहरुमा पानी र हिमपात हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव देखिन थालेकाले बुधबार पहाडी जिल्लामा बादल लाग्नुको साथै सामान्य पानी तथा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको हो ।
अहिले देशको धेरै जसो स्थानमा हल्का बादल लागेको छ । बुधबार राति देशैभरी बादल लागेर केही पहाडी भूभागमा पानी पर्ने र हिमाली तथा उच्च पहाडी क्षेत्रमा सामान्य हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
यस्तै गरी बिहीबार र शुक्रबार पनि देशभर बादल लागेर केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले हिमाली पदयात्रामा निस्किएका पैदल यात्रीहरुले सचेत भएर यात्रा आग्रह गरेको छ ।




















