गोरखा समाचारदाता
पोखरा – बतास फाण्डेशनले पोखरामा आयोजना गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका ९ नयाँबजार स्थित बतास शोरुमको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रमबाट ४७ युनिट रगत संकलन भएको छ । उक्त कार्यका लागि रक्तसञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग उपलव्ध गराएको थियो ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको रक्तदान कार्यक्रममा बतास व्रदर्शका चिफ अपरेटिङ अफिसर राजेश रानाभाटले समेत रक्तदान गरेका थिए ।
फाउण्डेशनका माध्यमबाट बतास अर्गनाइजेशनले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।


