गोरखा समाचारदाता
गोरखा – स्मरण शक्ति कमजोर भए पछि रोजगारीको शिलशिलामा दुबई पुगेकी गोरखाकी एक महिलाको उद्वारमा समस्या भएको छ ।
जिल्लाको सहिद लखन गाउँपालिका ७ ढुङ्गागाढे घर भएकी ४६ वर्षकी यामकुमारी थापा रोजगारीको लागि दुवईमा हुदा अचानक स्मरणशक्ति गुमाउन पुगेपछि उद्वारमा समस्या आएको हो ।
अग्रेजी बर्षको अक्टोबर २०१९ देखि दुबइको एक अस्पतालमा उपचारत थापाको केही समय अगाडी अस्पतालले टाउकोको अपरेशन समेत गरी सकेको छ ।
थापालाई नेपालबाट दुवई सम्म लाने रोजगारदाता कम्पनी को हो अहिले सम्म पत्ता लाग्न सकेको छैन । दुवईका सामाजिक कार्यकर्ता लैला अबु बाकरलाई उद्धृत गर्दै गल्फ न्यूजले थापाको बिषयमा समाचार प्रकाशन गरे पछि उनी गोर्खाली चेली भएको पत्ता लागेको हो ।
लैलाले थापाका आफन्त, रोजगारदाता कम्पनी र साथी भेट्टाउ विगत ४ महिनादेखि प्रयास गरी रहेको समाचारमा उल्लेख गरीएको छ ।
बाकरका अनुसार थापालाई २०१९ अक्टोबर महिनाको तेस्रो साता अचेत अवस्थामा दुबइ अस्पताल भर्ना गराईएको थियो ।


