गोरखा समाचारदाता
लमजुङ – लमजुङ र तनहुँमा भएको विभिन्न घटनामा परी २ जनाको ज्यान गएको छ ।
प्राप्त जानकारी अनुसार लमजुङमा अचेत हुदा १ जना पुरुषको ज्यान गएको छ भने तनहुँमा २ साता देखी हराई रहेका मानिसका मृक्त शरिर फेला परेको हो ।
प्रहरीले दिएको जानकारी अनुसार लमजुङको वेसिशहर नगरपालिका ३ मगर पात्लेगाउँमा पहिचान खुल्न नसकेको अन्दाजी ४५–५० बर्षमा १ जना पुरुष अचेत अवस्थामा फेला पारी उपचारको लागि सामुदायिक अस्पतालमा लगिएकोमा चिकित्सकहरुले उनलाई मृक्त घोषित गरेका थिए ।
ढुङ्गामा उत्तानो परेको अवस्थामा स्थानियले खबर गरे पछि पुगेको प्रहरीले टोलिले उनलाई उपचारको लागि अस्पताल लगिएको थियो ।
उता तनहुको घिरिङमा २ साता देखी हराई रहेका पाल्पा पूर्वखोला गाउँपालिका १ का २१ बर्षिया नारिमा बयाम्बोको मृक्त शरिर फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहँुले दिएको जानकारी अनुसार बयाम्बो माघ २४ गते देखी एक्कासी वेपत्ता भएकी थिईन ।
जिल्लाको घिरिङ गाउँपालिका १ को कालिगण्डकी किनारमा घोप्टो परीरहेको अवस्थामा उनको मृक्त शरिर फेला परेको थियो ।
दुवै घटनामा प्रहरीले अनुसन्धान थालेको छ ।




















