गोरखा समाचारदाता
काठमाण्डौं – किड्नीमा पत्थरीको अप्रेशन गरेर उपचार गराई रहेकी गोरखा नारेश्वरकी नानु दानीलाई राजधानीमा रहेका नारेश्वर बासीहरुले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
गोरखाको नारेश्वर क्षेत्रबाट राजधानी गएर बसोबास गर्नेहरुको एक समूहले दानीको उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराएको हो ।
गोरखा नगरपालिका ३ घलाङ निवासी दानीको स्वास्थ्य उपचारमा आर्थिक अभाव भएको भन्दै ‘हाम्रो नारेश्वर, हामी घलाङ्गी’ हरुको समूहले दानीको उपचारका लागि ४० हजार रुपैयाँ सहयोग हस्तान्तण गरीएको समूहका संयोजक योगेन्द्र बस्नेतले बताए । उत्त रकम उनका श्रीमान गोपाल दानीलाई हस्तान्तरण गरीएको छ ।
आर्थिक अवस्था कमजोर भएको दानी परिवारलाई समूहले अस्पतालमा गएर सहयोग उपलब्ध गराएको हो । दानीको केही समय देखी राजधानीको टिचिङ अस्पतालमा उपचार भई रहेको छ । सहयोग हस्तान्तरण कार्यक्रममा समूहका उपलब्ध सदस्यहरुको उपस्थिती रहेको समूहका संयोजक बस्नेतले बताए ।



