गोरखा समाचारदाता
तनहुँ – लोकदोहोरी गायक प्रकाश कटुवाल पक्राउ परेको छ । बन्दीपुर गाउँपालिका डुम्रेमा होटल व्यवसायी गरेर बसेका लालकाजी गुरुङमाथि आक्रमण गरेको अभियोगमा गायक कटुवाल पक्राउ परेको हो ।
कटुवालविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्वा जिल्ला प्रहरी कार्यालय तनहुँ दमौलीमा दर्ता गरिएको छ। मुद्वा गुरुङकी छोरी सोनीका गुरुङ्गले गरेकी हुन । सोमबार गायक कटुवालविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी परे पछि कटुवाललाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक विनोद सिलवालले बताए।
शनिबार होटल सञ्चालक गुरुङ र गायक कटुवालबीच विवाद भएको थियो । सोही दिन साँझ घरमा खाना खाइरहेका गुरुङ्ग माथि मास्क लगाएर मोटरसाइकलमा आएका २ व्यक्तिले एक्कासी रडले आक्रमण गरेर गम्भीर घाइते बनाएको थियो । गुरुङको गंभिर अवस्थामा काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।




















