गोरखा समाचारदाता
विराटनगर – विराटनगरमा आज टिपरले ठक्करले मोटर साईकललाई ठक्कर दिदा २ जना बिद्यार्थीको ज्यान गएको छ भने अर्का १ जना गंभिर घाईते भएको छ ।
विराटनगर महानगरपालिका–४ को विराटनगर–धरान सडक खण्डमा टिपरले मोटरसाईकललाई ठक्कर दिदा उत्त घटना भएको हो ।
विराटनगरबाट इटहरीतर्फ गइरहेको को. १ ख ७३०९ टिपरले र सोही दिशातर्फ गइरहेको प्र २–०१–००१ प १६०८ नं को मोटरसाइकललाई महानगरको स्वागतद्वारस्थित ठक्कर दिंँदा सप्तरीको पतरा निवासी २२ वर्षीय हरेराम साह र सिरहा जिल्ला सुखिपुरका १९ वर्षीय ओजिर रायनको ज्यान गएको हो । सोही मोटरसाईलकमा सवार सप्तरीको रुपनी निवासी २० वर्षीय धनराज यादव भने गंभिर घाईते भएको मोरङ प्रहरीले जनाएको छ ।
मोटरसाइकलले टिपरलाई ओभरटेक गर्ने क्रममा एक आपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो । ज्यान गुमाउने र घाईते सबै विद्यार्थी गोल्डक पार्क कलेजमा ओभरसिरयरमा अध्ययनरत विद्यार्थीहरु हुन।
घाइते यादवको प्रादेशिक (कोशी) अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना पछी प्रहरीले टिपर चालक र टिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।


