चीन – चीनको हुबेई प्रान्तमा डिसेम्बरको अन्तिमदेखि फैलिएको कोरोना भाइरसको महामारी अझै नियन्त्रणमा आउन सकेको छैन ।
संक्रमणको केन्द्र मानिएको हुबेई प्रान्तमा बिहीबार मात्रै १ सय १६ जनाको मृत्यु भएको छ । सो प्रान्तमा ४ हजार ८ सय २३ जना नयाँ बिरामी फेला परेका छन ।
अहिले सो प्रान्तमा ५१ हजार ९ सय ८६ जना यसबाट संक्रमित छन् । यो संगै कोरोनाबाट चीनमा मात्रै मृत्यु हुनेको संख्या एक हजार चार सय ८३ पुगेको छ ।
चीन बाहेक, हङकङ, फिलिपिन्स र जापानमा १/ १ जनाको मृत्यु भएको छ । चीनमा संक्रमितको संख्या ६५ हजारभन्दा बढी छ ।
२५ देशमा ४४७ जनामा संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । चीन बाहेक २५ देशमा कोरोनाका विरामी भेटिएका छन । हुबेइ प्रान्तमा ज्यान गुमाउनेको संख्यामा वृद्धि भएसँगै चिनियाँ कम्युनिस्ट पार्टीले प्रान्तका प्रमुखलाई पदबाट हटाएको छ ।
यसअघि हुबेईका स्वास्थ्य आयोगका प्रमुख र निर्देशकलाई पनि पदमुक्त गरिएको थियो ।
एजेन्सी


