चीनमा फैलिएको कोरोना भाईरसका कारण ज्यान गुमाउनेहरुको संख्या बुधबार सम्म १ हजार ३६३ जना पुगेको छ । चीनको हुबेई प्रान्तमा बुधबार २४२ जनाको ज्यान गएको छ । कोरोना भाइरसका एकैदिन यति ठुलो सख्यामा ज्यान गएको यो पहिलो घटना हो ।
सोही भाइरसका कारण सङ्क्रमित हुनेहरुको सङ्ख्या बुधबार एकै दिनमा १४ हजार ८४० जना भेटिएको चीनीया अधिकारीहरुले बताएको भन्दै समाचार ऐजन्सीहरुले जनाएका छन् ।
कोरोना कै कारण सङ्क्रमीतहरुको संख्या ६० हजार नाघेको छ । हुबेई प्रान्त मात्रै यस्ता सङ्क्रमीतहरुको संख्या ८० प्रतिशतभन्दा बढी रहेको चीनीया समाचारले जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले यो रोग संग लड्न खोप निर्माणमा लागेको जनाएको छ ।
एजेन्सी


