गोरखा समाचारदाता
धादिङ – धादिङको चाम्बासमा बसले स्कुटरलाई ठक्कर दिदा नायिका महिमा सिलवाल र उनकी बहिनीको ज्यान गएको छ ।
बुधबार बेलुकी ६ बजे गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बासमा लु. २ ख १३५ नम्बरकोले बा. ९८ प ७०५८ नम्बरको स्कुटरलाई ठक्कर दिदा सिलवाल दिदी बहिनीको ज्यान गएको हो ।
दुर्घटना लगत्तै गजुरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा महिमाको बुधबार नै ज्यान गएको थियो भने बहिनी शर्मिलाको भने बिहीबार बिहान काठमाण्डौको ट्रमा सेन्टरमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना लगत्तै बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
नायिका महिमाले कारबाही, अप्रिल फुल, चियर्स, दानव लगायतका चलचित्रका साथै कैयन म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।




















