गोरखा समाचारदाता
काठमाण्डौं – राजधानीको दरबारमार्गबाट चोरी भएको स्कुटर सहित गोरखाका १ ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
गोरखा जिल्ला बारपाक सुलिकोट १ घर भएका मिलन न्यौपानेलाई राजधानीको कलंकीमा स्कुटर सहित प्रहरीले पक्राउ गरेको हो ।
बुधबार बिहान ३ बजे स्कुटर चोरी गरी लाँदै गरेको अवस्थामा न्यौपानेलाई कलंकी चोकमा खटिएका ट्राफिक प्रहरी अन्जन कार्की र सन्तोष दाहालले पक्राउ गरेका हुन्।
स्कुटर धनीले महानगरीय प्रहरी वृत्त दरबारमार्गमा हराएको सूचना दिना साथ ट्राफिक प्रहरी महाशाखाको ट्राफिक कन्ट्रोल रुमले बा. ४८ प ६१८६ नं. को डिओ स्कुटर हराएको भनि सर्कुलर गर्नासाथ चेकजाँचमा खटिएको ट्राफिक प्रहरीले उक्त स्कुटर र चोरीमा संलग्न न्यौपानेसहितलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त दरबारमार्गमा बुझाइएको छ।
साँकेतिक तस्बिर




















