गोरखा समाचारदाता
काठमाण्डौं – कुनै समय आकाशियको प्याजको मूल्य घट्ने क्रम जारी रहेको छ । बुधबार कालिमाटी तरकारी तथा फलफूल बजारमा प्रतिकेजी ९० रुपैयाँ कारोबार भएको छ।
कालिमाटी तरकारी तथा फलफूल बजारमा प्याजको थोक मूल्य भने प्रतिकेजी ७२ देखि ७५ रुपैयाँ रहेको छ।
भारतले देश बाहिर प्याज निर्यातमा प्रतिबन्ध लगाए लगत्तै नेपालमा मूल्य बढेर २५० रुपैयाँ सम्म कारोबार भएको थियो।
नेपाली भान्सामा सबै भन्दा बढी प्रयोग गरीने प्याज भारतीय हो । भारतीय प्रति वन्ध संगै नेपाली बजारमा चीनीयाँ प्याज बजारमा आएको थियो । सामान्य तया भारतीय प्याज नेपाली बजारमा अग्रेजी बर्षको फेब्रुअरीदेखि बजारमा आउने गर्दछ । नयाँ प्याज बजारमा आउन थाले पछि प्याजको भाउ घट्न थालेको हो ।
भारतले नेपालमा आउने प्याजको आयातमा लगाएको प्रतिबन्ध फुकुवा नगरेको भएता पनि कालिमाटी तरकारी तथा फलफूल बजारमा अहिले भारतीय प्याजनै विक्री भइरहेको छ।



