- सदन्भ : सहिद लखन गाउँपालिकाको न्यायिक समितिमा उजुरी दर्ता
गोरखा समाचारदाता
गोरखा – जिल्लाको सहिद लखन गाउँपालिकाको न्यायिक समितिमा हाल सम्म ४३ वटा उजुरी परेको छ ।
गाउँपालिकाको न्यायिक समितिमा गएको २ बर्ष ६ महिनामाको अबधीमा विभिन्न प्रकारका ४३ उजुरी परेको हो ।
समितिमा घरासयी उजुरीहरु बढी परेको गाँउपालिकाकी उपाध्यक्ष एवं न्यायिक समितिकी संयोजक इन्दिरा तिवारीले बताईत । आर्थिक बर्ष २०७४÷०७५ मा ११ वटा उजुरी परेको न्यायिक समितिमा आब ०७५÷०७६मा २२ वटा उजुरी परेको छ । त्यस्तै आब ०७६÷०७७ को यो अवधिमा १० वटा उजुरी परेको छ ।
समितिमा पारिवारक झगडा, अंशमुद्धा लगायतका उजुरीहरु परेको समितिले जानकारी दिएको छ । उजुरी परेका मध्ये १५ वटा झगडाका मुद्दा मिलापत्र भएको छ भने ४ वटा मुद्दा भने छलफलको क्रममा रहेको छ ।
स्थानिय सरकार सञ्चालन ऐन २०७४, परिच्छेद ८, दफा ४७ को उपदफा १ अनुसार न्यायिक समितिले विवाद निरुपण गर्ने अधिकार क्षेत्र भित्रका बिषयबस्तुमा उल्लेख भए बमोजिमका उजुरीहरु लिएर समाधान गरी रहेको समितिले जनाएको छ ।


