गोरखा समाचारदाता
काठमाण्डौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले अमेरिकामाथि जित निकालेको छ ।
त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको ३६ रनको झिनो लक्ष्य नेपालले ५.२ ओभरमै पूरा गरेको थियो ।
कप्तान ज्ञानेन्द्र मल्ल १ रन र सुवास खकुरेल शून्य रनमै पेभेलियन फर्किन बाध्य भएका थिए । तर पारस खड्काले अविजित २० रन र दीपेन्द्र सिंह ऐरीले अविजित १५ रन बनाउँदै नेपाललाई जित दिलाएका हुन ।
योसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा क्रिकेटमा तेस्रो सर्वाधिक छिटो लक्ष्य पूरा गर्ने कीर्तिमान बनाएको छ ।




















