गोरखा समाचारदाता
बागलुङ – बागलुङको बडिगार्डमा कुलोले बगाउदा ४ बर्षिया बालिकाको ज्यान गएको छ ।
जिल्लाको बडिगार्ड गाउँपालिका ५ न्वाराकी सिजन परियारलाई कुलोले बगाएर ज्यान गएको हो ।
घर नजिकै रहेको कुलोमा आमा संगै भाँडा माज्नका लागि गएकी बालिकालाई ग्वालिचौर लघु जलविद्युतको कुलोले बगाएको बागलुङ प्रहरीले जानकारी दिएको छ ।
भाँडा माझेर धुने क्रममा बालिकालाई कुलो २०० मिटर जति बगाएको थियो । तत्कालै उद्वार गरी बुर्तिबाङमा रहेको प्रार्थमिक स्वास्थ्य केन्द्रमा उपचारको लागि लगिएको भएता पनि बालिकाको बाटोमा नै ज्यान गएको हो ।




















