गोरखा समाचारदाता
मकवानपुर – मकवानपुरमा रहेको एभरेष्ट पानोरमा रिसोर्टलाई सरकारले ३ महिना कुनै पनि गति विधी संञ्चालन गर्न नपाउने गरी निलम्बन गरेको छ ।
जिल्लाको थाहा नगरपालिका ४ को सिमभन्ज्याङमा रहेको एभरेष्ट पानोरमा रिसोर्टलाई संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ३ महिनाको लागि बन्द (निलम्बन) गर्ने निर्णय गरेको हो ।
भारतको चेन्नईबाट आएका ८ जना पर्यटकको कोठामै बेहोस भइ उपचारको क्रममा मृत्यु भएपछि छानबिन पछी रिसोर्टलाई मन्त्रालयले ३ महिनाका लागि बन्द गर्ने निर्णय गरेको हो ।
निलम्बनमा परेसँगै पानोरमाले ३ महिनासम्म होटल, रिसोर्ट तथा बार सञ्चालन गर्न पाउने छैन ।



