गोरखा समाचारदाता
काठमाडौं – नेपाल सरकारले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपी (प्रहरी महानिरीक्षक)मा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रहरी नियमावलीको परिच्छेद ४ को बढुवा सम्बन्धी व्यवस्थाको दफा ४१ अनुसार ज्ञवालीको बढुवा गरिएको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए ।
निवर्तमान आईजीपी सर्वेन्द्र खनालसहित ३ जना एआईजी सेवाहदका कारण आजैबाट अवकाश पाउँदैछन् । ज्ञवाली हाल प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत् थिए ।


