गोरखा समाचारदाता
गोरखा – गोरखाको २ किशोरीलाई बिक्री गर्न खोजेको आरोपमा प्रहरीले २ जना पुरुषलाई पक्राउ गरेको छ ।
जिल्लाको सिरानचोक गाउँपालिका ७ तल्लो गोहोरेका ७१ बर्षिय भीमबहादुर ढकाल र ३९ बर्षिय रामबाबु दूतराजलाई प्रहरीले पक्राउ गरेको हो ।
माघ २४ गते ललाईफकाई भिडियोमा काम गर्दा राम्रो आम्दानी हुने भन्दै चितवन पुरयाएका २ किशोरीहरु भागेर घरको सम्र्पकमा आए पछि बिक्री गर्न लागेको पत्ता लागेको हो । परिवारको सम्र्पकमा आएका २ जना बालिकाले परिवार मार्फत प्रहरी कार्यालयमा ढकाल र दुतराजले आफुहरुलाई बिक्री गर्न लगेको भन्दै निवेदन दर्ता गराएको छ ।
कार्यालयमा निवेदन दर्ता भए लगत्तै दुवै जनालाई प्रहरीले उनीहरुको घर ठेगानाबाट नियन्त्रणमा लिएको प्रहरी नायवउपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई मानव बेचविखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतबाट ७ दिनेको म्याद थप गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।




















