गोरखा समाचारदाता
काठमाडौं – ललिता निवासको जग्गा प्रकरणमा अख्तियारले विशेष अदालतमा मुद्वा दायर गरे संगै गैर आवासिय नेपाली संघले आफ्नो सम्पत्ती संरक्षणका लागि कानूनी उपचारमा जाने निर्णय गरेको छ ।
सनिबार बसेको सघंको बैठकले बालुवाटारमा रहेको संघको भवनको विषयमा कानूनी उपचारमा जाने निर्णय गरेको हो । संघले बालुवाटारमा रहेको ३ रोपनी जमिन १३ करोडमा खरिद गरेको थियो ।
संघले जग्गा किन्दा परेको रकम फिर्ताका लागि कानूनी उपचारमा जाने भन्दै कोषाध्यक्ष महेश श्रेष्ठको संयोजकत्वमा जर्मनका दिल गुरुङ्ग र संघका कार्यकारी अधिकृत हेमन्त दवाडी रहेको समिति समेत गठन गरेको छ ।
एनआरएन केन्द्रीय कार्यालय भवन रहेको बालुवाटार जग्गा सरकारी ठहर गर्दै अख्तियारले जग्गा फिर्ता प्रयोजनका लागि लागि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
गैरआवासीय नेपाली संघलाई प्रतिवादी बनाइसकेको अवस्थामा कानूनी उपचारमा जानु बोह कुनै विकल्प नभएको संघले जनाएको छ । संघले कानूनी उपचार संगै नेपाल सरकारसँग एकैसाथ छलफल गर्ने समेत निर्णय गरेको छ ।
संघको सनिबारको बैठकले संस्था सामाजिक भएकाले भवन प्रयोग गर्न दिन सरकारसँग आग्रह गर्ने निर्णय समेत गरेको छ ।


