- अफवाह नफैलाउन डब्लूएचओको चेतावनी
गोरखा समाचारदाता
काठमाण्डौं – कोरोना भाईसरका बिषयमा सामाजिक सञ्जालहरुमा अनावश्यक हल्ला फैलिएको भन्दै विश्व स्वास्थ्य संगठन डब्लूएचओ ले कोरोना भाइरसका बारेमा अफवाह नफैलाउन चेतावनी दिएको छ ।
डब्लूएचओ का महानिर्देशक डाक्टर टेड्रोस अडानोम गेबेरियससले ट्रोल र षडयन्त्रले कारण कोरोना भाइरसविरुद्ध लडिरहेकाहरुलाई कमजोर बनाउने भन्दै त्यसो नगर्न चेतावनी दिएको बीबीसीले जनाएको छ ।
सहि जानकारीबाट मात्र व्यक्ति आफू र अरुको सुरक्षा गर्ने भन्दै महानिर्देशक गेबेरियससले आफूहरु कोरोना भाइरस मात्र नभइ ट्रोल र षडयन्त्रका विरुद्धमा पनि लड्नुपरेको बताए।
उपचारमा संलग्न डाक्टरहरुको तस्विरलाई लिएर ट्रोल बनाउने, कोरोनाको उत्पती र असरबारेमा भ्रमण फैलाउने, संक्रमण र मृत्युबारेमा अनर्गल प्रचार गर्ने लगाएतका क्रियाकलाप बढेपछि डब्लुएचओको यस्तो प्रतिक्रिया आएको हो ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण चीनमा मात्र ८०३ र चीन बाहिर २ जना गरी ८०५ जनाको जनाको ज्यान गइसकेको बीबीसीले जनाएको छ ।
विभिन्न २८ देशमा फैलिसकेको कोरोनाबाट ३४ हजार ८ सयमा संक्रमीत भएका छन् । अहिलेसम्म १ हजार ५४० जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएको समेत बीबीसीले जनाएको छ । सन् २००३ मा फैलिएको सार्सको कारण ७७४ जनाले ज्यान गुमाएका थिए ।


