गोरखा समाचारदाता
काठमाण्डौं – नेपालले शुक्रबार चीनलाई १ लाख थान मास्क सहयोग गरेको छ ।
नोवल कोरोना भाइरससँग जुधिरहेको चीनलाई नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चिनियाँ राजदूत होउ यान्छीलाई मास्क हस्तान्तरण गरेको हो ।
चीनमा मास्कको अत्याधिक माग भएपछि नेपाल सरकारले मास्क सहयोग गर्ने निर्णय गरेको थियो । परराष्ट्र मन्त्रालयमा आयोजित सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल तथा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र एकता चीनका लागि महत्वपूर्ण भएको बताए ।


