गोरखा समाचारदाता
पोखरा – पोखराको ठुलो पधेरा भन्ने जंगलमा मृक्त अवस्थामा १ जना बालिका फेला परेको छ । \
कास्की प्रहरीले दिएको जानकारी अनुसार पोखरा महानगरपालिका ३२ काठेगाउँ बस्ने पुजा वि.क. नामकी ७ बर्षिया बालिकाको मृक्त शरिर जंगलमा फेला परेको हो ।
बिहीबार अन्दाजी ६ः३० बजे देखी घरबाट हराएकी पुजाको घर बाट ५०० सय मिटर पर रहेको ठुलो पधेरा नामको जंगलमा मृक्त शरिर फेला परेको हो । बालिकाको मृत्युका बिषयमा प्रहरीले अनुन्धान थालेको छ ।


