गोरखा समाचारदाता
स्याङजा – स्याङजाको भ्यु पोईन्टमा शुक्रकार ट्रक र स्कुटर ठोकिदा स्कुटरमा सवार २ जना घाईते भएका छन ।
जिल्लाको भिरकोट गाउँपालिका १ को भ्यु पोईन्टमा पोखराबाट बुटवल तर्फ जादै गरेको ना.३ ख ५९२८ नम्बरको ट्रक र सोही दिशाबाट आउदै गरेको ग.१६ प २१८ नम्बरको स्कुटरलाई ट्रकले ठक्कर दिदाँ स्कुटरमा सवार २ जना घाईते भएका हुन ।
ट्रकको ठक्करबाट स्कुटरमा सवार स्याङ्जा भिरकोट नगरपालिका-४ छाङछाङ्दी वस्ने वर्ष ३१ को दिपक श्रेष्ठ र ऐ. ३ स्थाई घर भई हाल ऐ. २ ठाडोलाईन बस्ने वर्ष २२ की सिदिका के.सी. घाईते भएको स्याङजा प्रहरीले जानकारी दिएको छ ।


