गोरखा समाचारदाता
काठमाडौं – ललितपुरको भैसेपाटीमा संञ्चालित श्री पुनर्स्थापना पवित्र चिल्ड्रेन होम बालगृहका सात जना बालबालिकालाई बालबालिका खोजतलास समन्वय केन्द्रले उद्धार गरेको छ ।
बालबालिका खोजतलास समन्वय केन्द्रले आज काठमाडौमा पत्रकार सम्मेलन गरी विभिन्न जिल्लाका सात बालबालिकालाई सम्पर्कमा ल्याइएको र अव अभिभावकलाई जिम्मा लगाइने जनाएको हो ।
सो बालगृह छोडेर हिडेका बालबालिकालाई भैसेपाटीस्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले बेवारिसे अवस्थामा फेलापारेपछि समन्वय केन्द्रमा ल्याइएको हो ।
सम्पर्कमा ल्याइएका बालबालिकाहरुमा सुर्खेत कि आशा नेपाली, लक्ष्मी शर्मा,रुकुम कि समुयल बिक र योना बिक तथा हुम्लाकी दिना टमटा, विजय टमटा र कलबहादुर टमटा रहेका छन् ।
त्यस्तै उक्त संस्थाका सञ्चालक आकाश खाती र कमला खातीलाई महानगरीय प्रहरी प्रभाग भैसेपाटी ललितपुरले नियन्त्रणमा लिई कानुनी कारबाहीका लागि प्रारम्भिक अनुसन्धान भइरहेको जनाइएको छ ।


