गोरखा समाचारदाता
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोग बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्नमाथि कारबाहीको माग गर्दै विशेष अदालतमा पुगेको छ ।
अख्तियारले जग्गा अनियमिततामा संलग्न नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार र अख्तियारकै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलगायत झन्डै दुई सय जना व्यक्तिविरूद्ध भ्रष्टाचार मुद्दा चलाउने भएको छ।
माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा ललितानिवासको सरकारी जग्गा नक्कली मोही हुँदै व्यक्तिका नाममा पुगेको थियो। त्यतिबेला गच्छदार भौतिक पूर्वाधार मन्त्री थिए भने बस्न्यात उक्त मन्त्रालयमा सचिव थिए।


