गोरखा समाचारदाता
काठमाडौं – वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ ।
मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रन्सप्लान्ट सेन्टरमा बुधबार ७२ वर्षको उमेरमा उनको निधन भएको हो ।
नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक शर्मा मुटुको समस्याबाट पीडित थिए ।
शर्मा चार दिनअघि मात्रै सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए । उनलाई उपचारकै क्रममा मंगलबार मनमोहन कार्डियो थोरासिकमा लगिएको थियो ।




















